यात्रा संस्मरण
रानी सम्मको त्यो यात्रा
विहानै सबेरै उठे| राती त्यती राम्रो निन्द्रा पनि लागेन|आमोइलाई छाडेर जानुपर्दा असहज महसुस भैरहेको थियो। मनमा कुरा चलिरहेको थिए, जुठे आउला कि न आउला भनेर| आमोईले दिनुभएको खाजा सामाल बोकी जालपा देबीलाई नमन गर्दै, म लुखुर लुखुर आफ्नो बाटो लागे| हामी पढ्ने गरेको सगरमाथा स्कुलको छेउमै पुगे | पुस १४ को त्यो चिसो बिहानी, जाडोले जिउ कापी रहेको थियो| न्यानो लुगा केहि पनि थिएन| 'आए आउछ, न आए आउदैन', भन्ने मनमा लिएर एक छिन उभिएर उ आउने बाटो टोलाउँन थाले | करिब करिब दश मिनेट जति उभिए होला| "आएन भने के गर्ने?, आए पनि जानु छ, न आए पनि जानु छ"| यस्तै कुराहरु मनमा खेलाउदै उभिरहेको थिए | त्यही स्कुलनेरको डाडामा भेट्ने योजना थियो, हाम्रो| "अब कसरी जाने हो, बाटो पनि थाहा छैन, के गर्ने, के गर्ने?" इत्यादी कुराहरु मनमा खेलीरहेका थिए| "ओइ, कति बेला आइस? हेर्न, आमोई लाई छलेर आउनु पर्दा ढिलो भयो"|भन्दै उ मेरो अगाडि उभियो। सोचमा मग्न भएकाले उ आएको पत्तै पाइन। मैले उसलाई सोध्नु पुर्बनै उसले आफनो ढीलाईको स्पस्टीकरण पनि दिसकेको थियो। "ओइ, हिड छिटो, मलाई खोज्न आउछन"| उ भन्दै थियो| अनि हामी बाटो लागेउ, पारि पट्टिको लगलगे डाडालाई हेर्दै|
"ए हिड छिठो, नत्र जालास एक्लै|" भन्दै उ अघि लाग्यो| "होतनी" मनमा सोच्दै म पनि हिडे उसको पछि पछी | वास्तवमा हामीलाई बाटो थाहा थिएन| त्यति बेला त्यहाबाट उम्कनु नै हाम्रो उद्देश्य थियो | त्यसैले होला हस्यांग र फस्यांग गर्दै एकै सासमा हामी पारी पट्टिको लगलगे को पाखामा पुगेउ| "धन्न कसैले धेखेन, हगी?" भन्दै हामीले एक छिन थकाई मार्ने निधो गरेउ | त्यो कटुसको जंगल, कतै कटुस पाइएला कि भन्दै म एता उति हेर्न थाले| त्यो बेला सैतिस साल तिर आफ्ना पुर्खाको थाक थलो तिर बाले हामीलाई लीएर जादा त्यहि जंगलमा भात पकाएर खाएको एक्कासि सझना आयो| म जनकपुरको सम्म भुमिमा जन्मेको, दस वर्ष सम्म त्यहिको माटोमा लडिबुडी खेलेको, पाहाडको कुनै अनुभव थिएन | तर आफ्ना बाउ बाजेको थाक थलोलाई यी आखाले स्पर्श गर्न पाउदा मनै रोमान्चित भएको थियो| यसरि नै म मनमा रमाउदै थिए| "ओई गनेसे, हिड, जाम "| भन्दै उसले मलाई आवाज दियो| अनि मन भरी दुख र मिठो आशा लिएर हामि अगी बढेउ|
त्यो बेला यातायातको सुबिधा थिएन | ओखलढुंगा, एक दुर्गम जिल्लामा गनिन्थ्यो| बाबा दशैँमा घर आउदा ढाक्रेलाई सामानहरु बोकाएर ल्याउनुभेको मलाई आजै जस्तो लाग्छ| यातायातको कुनै सुबिधा नभएकोले मान्छेहरु पैदल आउने जाने गर्थे| त्यसैले होला हामि पनि हिडन बाध्य थियौ | हाम्रा अघि पछी थुप्रै पैदल यात्रि तथा ढाक्रेहरु भारी बोकेर हिडिरहेका थिए | अनि हामि पनि तिनीहरुकै अघि पछी गर्दै हाफ्ना पईलाहरु अघि बढाउदै बाटोसंगै आफ्नो गन्तब्य तिर लाग्यौ | साझ पनि पर्न लागिसकेको थियो। जसरी पाइलाहरुअगाडि बढ्दै गए, मनमा डर अनि के होला, कहाँ बस्ने होला भन्ने भावले जरो गाड्दै गयो।
पारी पट्टी डाडामा घाम डुब्न लागि सकेको थियो | प्राय मान्छेहरु आ -आफ्नो बास स्थानतिर फिर्दै थिए | गाई बाख्रा बस्तुभाउ सबै आ आफ्नो गोठ तिर लम्कदै थिए तर हाम्रो भने पत्तो थिएन | अब के गर्ने होला भनेर मुटुमा ढ्यांग्रो बज्न थालीसकेको थियो |हस्यांग र फस्यांग गर्दै ओरालो झरियो| तल टोकसेल घाट पुग्दा झम्मकै साझ परीसकेको थियो | अब काहा बस्ने होला भन्दै एक छिन त सोचमा परियो | यो मेरो बाहिरको पोहिलो बास भने थिएन| हजुरबा संग धेरै पटक बसिसकेको थिए| त्यसैले होला म बास माग्न अघि बढे| 'होइन ए ठिटा हो, के खोजेको ? ' एउटा बुढो मान्छोको आवाज आयो | 'हजुर बा हामी त बास खोजिराछौ ' झटपट, मेरो मुखबाट आवाज आयो| 'ए मोरा हो, अनि कता हिडेका ? भन्दै बुढा बाले प्रति प्रश्न गरिहले।"हामी मधेसतिर झर्दै छौ,बा" मेरो जबाफ थियो।त्यो रात त्यही बसियो। बा पनि एक्लै रहेछन।
बिहानै उठियो। सुनकोसीको साँघु तरेर हामी पारीपट्टी पुग्यौ।अलि पर पुगे पछि बाजुरा नाम गरेको खोला आयो। १४/१५ वर्षका ठिटा, अरु के नै चाहिन्थ्यो र ? हामी त्यही खोलाको पानीसँग रमाउन थाल्यौ। समय बितेको पत्तै भएन। साँझमा बलौटे भन्ने ठाउँमा पुगियो। ५/५ रुपैयाँ तिरेर खाने बस्ने गरियो। पछि मान्छे कुरो सुन्दै जाँदा, २घन्टाको बाटोलाई दिन भरि लगाइएछ।"ओई, अब चैं छिटो छिटो हिड्नु पर्छ" मैले भने। उस्ले पनि सहमती जनायो।
भोलिपल्ट बिहान छिटै आँखा खुले, झिसमिसेमै झोला बोकेर बाहिर आयौ। एक दुई जना मान्छे हिडिरहेका थिए। हामी भने उनिहरुलाई उछिन्दै अघि बढ्यौ। केही बेर तेर्सो बाटो हिडेपछी, ढुँगा खस्ने ओरालो आयो। त्याहांँबाट ककरु र तावा खोलाको फाँटले मनै लोभ्यायो। पर बगरमा कटारी बजार पनि देखियो।अब त मन थाम्नै सकिएन । तराईमा जन्मी हुर्केकोले होला कहिले त्याहाँ पुगु जस्तो भयो, अनि, "को पैला फेदीमा पुग्ने "भन्दै, मृगको पाठो उफ्रे झैँ ओरालो झरियो।एकै छिनमा तल ककरु को तिरमा पुगिहालियो। अब त मेरो खुसिको कुनै सिमा रहेन। प्रफुल्लित मन लिएर म ककरुको बगरमा कुद्न अनि उफ्रीन थाले। "ओई के भयो, किन यति धेरै उफ्रेको" थाकेको स्वर र अनुहारमा जुठेले प्रश्न गर्यो। म भने उसको कुरोलाई ध्यान दिरहेको थिइन। विचारा जुठे, यो उसको पहिलो यात्रा थियो । गैरी गाँउको परिधिबाट उ बाहिर कहिल्यै निस्केको थिएन ।त्यसैले होला उसले मलाई नबुझेको।'धेरै भोक पनि लागि सक्यो, कतै बसेर केही खाउन' उसले मलाई भन्यो। एउटा खाजा पसलमा पसियो र दुबैले पेट्भरि खायौ।
अब दुबैजना आ आफ्नो झोला बोकेर बाटो लाग्यौं। बगरमा हिड्न त गाह्रो पो हुंदोरहेछ।अगि ओरालो झरे जसरी पाइलै सरेन। तैपनी हिडनु त छदैछ भन्ने मनमा लिएर दुबैजना खेल्दै खादैं हिडिम। ककरु खोलाको पानीमा खेल्दै जादा रमाइलो भैरहेको थियो। लगभग दिनको ३ बजिसकेको थियो। कटारी बजार आइपुगियो। सात आठ वर्षपछि बस र अन्य गाडीहरू देख्दा र सुन साइवा सुन, प्यारकी धुन तथा दिलमे तुझे बिठाके जस्ता हिन्दी गीतहरु बजिरहेको सुन्दा हिन्दी सिनेमा हेरेको र गितमा रमाइरहेको सम्झना आईरहेको थियो। त्यस्तै गीतका धुनहरु संग रमाउदै अगाडी बढियो। पर अगाडि एउटा रातो डब्बा जस्तो द्खियो।अब हाम्रा पाइलाहरु त्यही रातो वस्तुतिर बढ्न थाले। हामी त्यही रातो बस भित्र गयौं । ´आहा कति राम्रो बस्ने ठाउँ` भन्दै के बस्न मात्र लागेक थियौ 'ए केटा हो, कता हो? एता कता, काँहा जाने हो? बाहिर जाओ' भन्दै एउटा हामीभन्दा ठूलो अनि धुस्रे र फुस्रे देखिनेले आएर सोध्यो । "हामि मिर्चैया जान्छौं " मैले जवाफ फर्काए। अनि उसले "यो त काठमाडौ जान्छ" भन्दै तल ओराल्दियो। अब के गर्ने, के हि थाहा थिएन। "मिर्चैया मिर्चैया " भनेर कराईरहेको आवाज पर बाट सुनियो। अनि त के खोज्छस काना आखाँ भने झै, म त्यैतिर दौडिएं, जुठे पनि मेरो पछि पछि लाग्यो। त्यहाँ पुगेपछी थाहा भयो एउटा पुरानो ट्रक मिर्चैया जानलागेको रहेछ। खांदिएर भए पनि हामी ट्रकमा चढ्यौं। कटारीबाट ट्रक हुंकियो। तावा खोला तरेर ट्रक चुरेको जंगलभित्र छिर्यो। पुस महिना त्यसमा पनि सांझ परेकाले होला खासै गर्मी लागेन। लगभग एक डेढ घन्टा पछि हामी मिर्चैया पुग्यौं। "मिर्चैयामा कटुन्जे ठुली बस्छे, त्यहाँ पुग्यौ भने त्यहीँ बस्नु" भनेर हजुर आमाले भन्नू भएको थियो। अब हामी वाहां बस्ने ठाउँ खोज्दै हिड्यौं। करिव आधा घन्टा पछि वहाँ बस्नुहुने डेरामा पुग्यौं।
Comments
Post a Comment