Posts

Showing posts from February, 2022

यात्रा संस्मरण

   रानी सम्मको त्यो यात्रा विहानै सबेरै उठे| राती त्यती राम्रो निन्द्रा पनि लागेन|आमोइलाई छाडेर जानुपर्दा असहज महसुस भैरहेको थियो। मनमा कुरा चलिरहेको थिए, जुठे आउला कि न आउला भनेर| आमोईले दिनुभएको खाजा सामाल बोकी  जालपा देबीलाई नमन गर्दै, म लुखुर लुखुर आफ्नो बाटो लागे| हामी पढ्ने गरेको सगरमाथा स्कुलको छेउमै पुगे | पुस १४ को त्यो चिसो बिहानी, जाडोले जिउ कापी रहेको थियो| न्यानो लुगा केहि पनि थिएन| 'आए आउछ, न आए आउदैन', भन्ने मनमा लिएर एक  छिन उभिएर उ आउने बाटो टोलाउँन थाले | करिब करिब दश मिनेट जति उभिए होला| "आएन भने के गर्ने?, आए पनि जानु छ, न आए पनि जानु छ"| यस्तै कुराहरु मनमा खेलाउदै उभिरहेको थिए | त्यही स्कुलनेरको डाडामा भेट्ने योजना थियो, हाम्रो| "अब कसरी जाने हो, बाटो पनि थाहा छैन, के गर्ने, के गर्ने?" इत्यादी कुराहरु मनमा खेलीरहेका थिए| "ओइ, कति बेला आइस? हेर्न, आमोई लाई छलेर आउनु पर्दा ढिलो भयो"|भन्दै उ मेरो अगाडि उभियो। सोचमा मग्न भएकाले उ आएको पत्तै पाइन। मैले उसलाई सोध्नु पुर्बनै उसले आफनो ढीलाईको स्पस्टीकरण पनि दिसकेको थियो। "ओइ, हि...